तीन जना एआईजीहरूलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्रहरी महानिरीक्षक क्षेत्रीले हालै पदोन्नति भएका ३ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

नेपाल सरकार गृह मन्त्रालय (मन्त्रीस्तर)को २०७८ चैत १७ गतेको निर्णयले चैत ८ गतेबाट लागू हुने गरी प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका बसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रबिन्द्रबहादुर धानुकलाई प्रहरी महानिरीक्षक थापा क्षेत्रीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व वहन गर्नको निम्ति सफल हुने विश्वास समेत व्यक्त गरेका छन् ।

पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूले आगामी दिनमा देखाउने कर्तव्यपरायणता र ईमान्दारीताले पदोन्नतिलाई सिद्ध गर्ने क्षेत्रीले बताए ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले संगठनको थप सुदृढीकरण र विकासका लागि आगामी दिनमा नीति निर्माण एवम् संगठनले अख्तियार गर्नु पर्ने अग्रगामी मार्ग प्रशस्त गर्न, अख्तियारीमा रहेका काम र कार्यविधिहरूलाई थप अध्यावधिक गर्ने लगायतका विषयमा पदोन्नति हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूले संगठनलाई योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक बसन्तकुमार पन्तले संगठन र संगठनमा आवद्ध सदस्यहरूको लागि हक हित र श्रीवृद्धिका लगि सदैव प्रतिवद्ध रहेन उल्लेख गरेका छन् ।

Published : Thursday, 2022 March 31, 11:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया