चार जिल्लाका सीडीओहरूलाई तानेर नयाँलाई पठाइयो

काठमाडौं । गृह मन्त्रालयले बर्दिया, प्यूठान, अर्घाखाँची र कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ ।

स्रोतका अनुसार बर्दियामा बन्धुप्रसाद बास्तोलाको सरुवा भएको छ । प्यूठानमा सुनिता नेपाल, अर्घाखाँचीमा शशिधर घिमिरे र कपिलवस्तुमा धर्मेन्द्रकुमार मिश्रको सरुवा भएको छ ।

बर्दियाका सीडीओ सन्तबहादुर सुनारलाई कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागमा तानिएको छ ।

कपिलवस्तुका सीडीओ चक्रपाणि पाण्डे र प्यूठानका सीडीओ खिमराज भुसाललाई गृह मन्त्रालयमा तानिएको छ ।

अर्घाखाँचीका सीडीओ हरिप्रसाद घिमिरेलाई राष्ट्रिय विपद प्राधिकरणमा तानिएको छ ।

Published : Thursday, 2022 March 31, 9:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया