कोरोना बढेपछि चीनको सांघाईमा लकडाउन

सांघाई । कोरोनाभाईरसको संक्रमण उच्च भएपछि चीनको प्रमुख व्यापारिक शहर सांघाईमा लकडाउन घोषणा गरिएको छ ।

साउथ चाइना मर्निङ पोष्टले कोरोनाको संक्रमण बढ्न थालेपछि सोमबार बिहानदेखि लागू हुने गरी सांघाईमा लकडाउन घोषणा गरेको जनाएको छ ।

सांघाईमा दुई चरणमा लकडाउन हुनेछ । सहरको पूर्वी क्षेत्रमा आजदेखि अप्रिल १ सम्म र पश्चिमी क्षेत्रमा अप्रिल १ देखि ५ सम्म लकडाउन गरिनेछ ।

यो लकडाउनका कारण २ करोड ५० लाख मानिस प्रभावित हुनेछन् । चीनमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढेको छ ।

आइतबार चीनभरि ४ हजार ५ सय बढी संक्रमित थपिएका छन् ।

लकडाउनका कारण चीनमा इन्धनको माग घट्ने ठानेर सोमबार तेलको भाउमा तीन प्रतिशतसम्म गिरावट आएको रोयटर्सले जनाएको छ ।

सांघाईमा लकडाउनको घोषणाले जापानको निकीसहित एसियाका विभिन्न सेयर बजारमा पनि गिरावट आएको छ ।

Published : Monday, 2022 March 28, 8:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया