कोरोना बढेपछि चीनको सांघाईमा लकडाउन
सांघाई । कोरोनाभाईरसको संक्रमण उच्च भएपछि चीनको प्रमुख व्यापारिक शहर सांघाईमा लकडाउन घोषणा गरिएको छ ।
साउथ चाइना मर्निङ पोष्टले कोरोनाको संक्रमण बढ्न थालेपछि सोमबार बिहानदेखि लागू हुने गरी सांघाईमा लकडाउन घोषणा गरेको जनाएको छ ।
सांघाईमा दुई चरणमा लकडाउन हुनेछ । सहरको पूर्वी क्षेत्रमा आजदेखि अप्रिल १ सम्म र पश्चिमी क्षेत्रमा अप्रिल १ देखि ५ सम्म लकडाउन गरिनेछ ।
यो लकडाउनका कारण २ करोड ५० लाख मानिस प्रभावित हुनेछन् । चीनमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढेको छ ।
आइतबार चीनभरि ४ हजार ५ सय बढी संक्रमित थपिएका छन् ।
लकडाउनका कारण चीनमा इन्धनको माग घट्ने ठानेर सोमबार तेलको भाउमा तीन प्रतिशतसम्म गिरावट आएको रोयटर्सले जनाएको छ ।
सांघाईमा लकडाउनको घोषणाले जापानको निकीसहित एसियाका विभिन्न सेयर बजारमा पनि गिरावट आएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया