नेविसंघको टीके अध्यक्ष बन्न आन्दोलनमा बुढाखाडा नेताहरू, देउवा र गगन चकित

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को उमेर हद हटाएर टीके अध्यक्ष बन्न आन्दोलन शुरु भएको छ ।

सीमित स्वार्थ समूह नेविसंघको ३२ वर्षे व्यवस्था विधानबाट हटाएर बुढाखाडालाई अध्यक्ष बनाउन माग गरेर कांग्रेसको पार्टी मुख्यालय ललितपुरमा धर्ना बसेका छन् ।

उमेर हद हटाउने आन्दोलनमा विद्यार्थीको धेरै रुचि छैन । सोही कारण धर्ना र आन्दोलनमा पनि ४/५ जनाभन्दा धेरैको उपस्थिति नै छैन ।

स्थानीय तहको चुनाव आउन एक महिना बाँकी रहेका बेला नेविसंघको अध्यक्ष बनाउने तयारी भएको छ । नेविसंघलाई ३२ वर्षमुनिका नेताहरूलाई नेतृत्व दिनुपर्ने विधानमा व्यवस्था छ । सभापति शेरबहादुर देउवाले नेविसंघलाई ३२ वर्षमुनिका विद्यार्थी नेतालाई नै अध्यक्ष बनाउनुपर्छ ।

३२ वर्षे उमेर हद हटाउन चाहने बुढाखाडा नेताहरूलाई पार्टी वा नेपाल तरुण दल या अन्य भ्रातृ संगठनमा रहेर काम गर्न सुझाव आएको छ ।

नेविसंघको ३२ वर्षे उमेर हद हटाउनुपर्ने भनेर विगतमा आन्दोलन गरेकै नेताहरू अहिले आएर नेविसंघमा उमेर हद नलगाउन माग गरेर आन्दोलन गरेका देखेपछि सभापति देउवा नै चकित परेका छन् ।

नेविसंघको अध्यक्ष बनेर आएका विश्वप्रकाश शर्मा कांग्रेसको महामन्त्री छन् । नेविसंघको महामन्त्री रहेका गगन थापा पनि कांग्रेसको महामन्त्री छन् । नेविसंघकै पूर्वअध्यक्ष धनराज गुरुङ कांग्रेसको उप–सभापति छन् ।

उनीहरूले नेविसंघमा उमेर हद हटाएर बुढाखाडालाई अध्यक्ष बनाउँछन् वा ३२ वर्षमुनिका विद्यार्थी नेतालाई अध्यक्ष बनाउने हुन् हेर्न बाँकी छ ।

Published : Tuesday, 2022 March 22, 4:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया