योगेश भट्टराईको जिल्लामा भारतले बनाइदियो विद्यालयको भवन

ताप्लेजुङ । ताप्लेजुङ्ग जिल्लाको सिनाममा भारतले श्री सिनाम उच्च माध्यमिक विद्यालयको भवन बनाएइदिएको छ ।

विद्यालयको नवनिर्मित भवनको संयुक्त रुपमा उद्घाटन गरिएको छ । एमालेका नेता योगेश भट्टराई र भारतीय राजदूतावासका प्रथम सचिव रोहित मिश्राले भवनको उद्घाटन गरेका हुन् ।

‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारको अनुदान सहयोगमा कुल नेरु ३ करोड १० लाखको लागतमा उक्त दुई तले भवनको निर्माण भएको भारतीय राजदूतावासद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

सन् १९५० मा स्थापना भएको यस विद्यालयमा हाल १६०० जना विद्यार्थी अध्ययनरत छन् ।

सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेकोमा ४६७ वटा सम्पन्न भइसकेका छन् ।

भारत सरकारले ताप्लेजुङ्ग जिल्लाका विभिन्न स्वास्थ्य चौकीलाई हालसम्म ७ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय सहकार्य रहेको छ ।

Published : Monday, 2022 March 21, 9:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया