महालक्ष्मी नगरपालिकाको मेयरमा कांग्रेस नेता सिंहको चर्चा

ललितपुर । नेपाली कांग्रेस ललितपुरका युवा नेता नवीन्द्रदेव सिंह महालक्ष्मी नगरपालिकाको मेयरमा दाबी गर्ने भएका छन् ।

नेपाल तरुण दलका क्षेत्रीय सभापति समेत रहेका सिंहले स्थानीय तहको निर्वाचनमा नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् । ललितपुर कांग्रेसको नेतृत्वले आफूलाई मेयरको टिकट दिनेमा आशावादी रहेको बताएका छन् ।

नेता सिंहलाई स्थानीय युवा र कांग्रेसका नेता कार्यकर्ताले मेयरको टिकट लिएर उम्मेदवार बन्न दवाव समेत दिएका छन् ।

नेता सिंह महालक्ष्मी उद्योग वाणिज्य संघ र महालक्ष्मी युवा ग्रुप तथा लुभु ज्यापु युवा ग्रुपको पनि अध्यक्ष हुन् ।

सिंह सामाजिक अभियानताका साथै नेपाली कांग्रेस महालक्ष्मी नगरपालिका लोकप्रिय युवानेताको रुपामा परिचित छन् ।

महालक्ष्मी नगरपालिकाभित्रका बिपन्न परिवार दिनदुखि गरिब परिवार कुनै समस्या परेको समयमा नेता सिंहलाई सम्झिने गर्छन् ।

व्यक्तिवादी भन्दापनि जित्न सक्ने उम्मेदवारलाई पार्टीले टिकट दिने नीतिअनुसार सिंह नेपाली कांग्रेसको तर्फबाट बलियो उम्मेदवार मानिन्छन् ।

सिंह एकसमय किकबक्सिङका उदयमान खेलाडी समेत हुन् । सिंह सफल उद्योगी व्यावसायी पनि हुन् ।

कांग्रेसका कार्यकर्ताहरूको दवावपछि उनी मेयरका लागि तयारी समेत शुरु गरेका छन् ।

सिंह राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष तथा नेपाली कांग्रेस लोकप्रिय युवा नेता मीनकृष्ण महर्जनका चेला समेत हुन् ।

Published : Monday, 2022 March 21, 9:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया