एमसीसी पारित हुनेवित्तिकै चीनले कम्युनिस्टका नेताहरूलाई अकस्मात बोलायो, बिहानै गयो टोली

काठमाडौं । चीनले एमालेका नेताहरूलाई बोलाएपछि उपाध्यक्ष विष्णु पौडेलसहितका चार जना कुन्मिङ प्रस्थान गरेका छन् ।

सोमबार बिहान एमालेका उपाध्यक्ष पौडेलको नेतृत्वमा एमालेको प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको पोलिटव्यूरो सदस्य विष्णु रिमालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

एमालेको प्रतिनिधिमण्डलले चीनको कुन्मिङमा आयोजना हुने इकोनोमोकि कर्पोरेशन र कल्चर एक्सचेञ्ज नामक कार्यक्रममा भाग लिनेछन् ।

प्रतिनिधिमण्डलमा एमालेका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.पुष्पराज कँडेल र केन्द्रीय कमिटी सदस्य तथा कर्णाली प्रदेशसभा सदस्य मीनासिंह रखाल छन् ।

प्रतिनिधि सभाबाट एमसीसी अनुमोदन भएको चीनले मन नपराएका बेला एमालेका नेताहरू चीन प्रस्थान गरेका छन् । चीन एमसीसीको विरोधमा छ ।

चीनले कम्युनिस्टहरू मिलेर चुनावमा प्रतिस्पर्धा गर्नुपर्ने दवाव दिँदै आएको छ । उपाध्यक्ष पौडेल आफै चीन गएपछि तरंग उत्पन्न भएको छ ।

चीनका विदेश मन्त्री पनि नेपाल आउने तयारी भएका बेला एमालेका नेताहरूलाई चीनमा बोलाएको विषयमा विभिन्न अड्कलबाजी गरिएको छ ।

प्रतिनिधिमण्डल चैत १४ गते स्वदेश फर्किने कार्यक्रम छ ।

Published : Monday, 2022 March 21, 9:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया