जनताको मन जितेर कांग्रेसका उम्मेदवारहरू विजयी हुन्छन् : उप–सभापति खनाल

घोराही । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उप–सभापति एवम् पूर्वसांसद राजु खनालले स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारहरूले कुनै पनि हालतमा जिताउनुपर्ने बताएका छन् ।

दाङ कांग्रेसको क्षेत्र नं. २ ‘क’ले आइतबार बंगलाचुली गाउँपालिकामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले कांग्रेसले जित्दा मात्रै विकास हुने बताए । उनले कम्युनिस्टहरूलाई जनताले विश्वास गरेर दुईतिहाई मतसहित जिताए पनि पूरा समय काम गर्न नसकेको बताए ।

कांग्रेसको ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानले स्थानीय तहमा पार्टीको अवस्थाका बारेमा स्पष्ट जानकारी आउने उप–सभापति खनालले बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खनालले जनताको मन जितेर कांग्रेसका उम्मेदवारहरू विजयी हुने बताए ।

कार्यक्रममा दाङ कांग्रेसको प्रदेश २ ‘क’ सभापति प्रकाश श्रेष्ठ, वंगलाचुली गाउँपालिकाका सभापति जागेश्वर अधिकारी, नेता खगराज पाण्डे, लक्ष्मी थारु, निर्मला खनाल, कृष्ण सुवेदी, पूर्ण मल्ल, ध्रुव पुन, नारायण भण्डारी, पुर्षोत्तम शर्मा, सरस्वता गौतम, जुनकुमारी बुढा, माया पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम बंगलाचुली गाउँपालिका केन्द्रित थियो । त्यहाँका सबै वडा सभापतिहरूले वडाहरूमा कांग्रेसको अवस्थाका बारेमा जानकारी दिएको कांग्रेसका युवा नेता वीरबहादुर खत्रीले जानकारी दिएका छन् ।

Published : Monday, 2022 March 21, 8:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया