काठमाडौंमा काण्ड गरेपछि एमालेकी सांसद नवीना लामाका बुबा पक्राउ

काठमाडौं । काठमाडौं बम राखेको अभियोगमा एमालेकी सांसद नवीना लामाका बुबा माणिक लामा पक्राउ परेका छन् ।

करीव एक महिना अगाडि काँडाघारी नजिकै बम राखेको घटनामा संलग्न व्यक्तिहरूसँग सम्पर्कमा रहेको अभियोगमा प्रहरीले माणिकलाई पक्राउ गरेको उच्च स्रोतले जनाएको छ । उनलाई तीनकुनेस्थित प्रहरीको कार्यालयमा थुनामा राखिएको छ ।

माणिकको समूहले फागुनमा एमसीसी अनुमोदन भएको दुई दिनपछि काँडाघारी नजिकै बम राखेर स्थानीयलाई आतंकित तुल्याएको प्रहरी स्रोतको भनाइ छ ।

माणिकी छोरी नवीना एमालेको समानुपातिक सांसद हुन् । उनको गृहजिल्ला काभ्रेपलाञ्चोक हो ।

नवीना एमालेको भ्रातृ संगठन अनेरास्ववियुकी पूर्वअध्यक्ष पनि हुन् ।

बम राख्ने समूह र माणिकबीच पटक–पटक टेलिफोन सम्पर्क गरेको देखिएपछि पक्राउ गरेको बुझिएको छ ।

Published : Sunday, 2022 March 20, 11:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया