बागमती कांग्रेसमा सभापति बानियाँद्वारा सदस्यहरू मनोनीत
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले १६ जनालाई सदस्यमा मनोनयन गरेका छन् ।
सभापति बानियाँले पार्टीको विधानको धारा १३ (६) को झ बमोजिम सदस्यहरू मनोनयन गरेको मुख्य सचिव राजु नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सभापति बानियाँ संस्थापन पक्षका हुन् । उनले सबैलाई मिलाएर लैजाने प्रयास गरेका छन् ।
सभापति बानियाँले निमा लामा (सिन्धुपाल्चोक), कृष्णलाल भँडेल (भक्तपुर), सन्तबहादुर प्रजा (मकवानपुर) प्रभात तामाङ (रसुवा), कल्पना नेपाली (नुवाकोट), तिलकप्रसाद रुवाली (धादिङ), छिरिङ दोर्जे लामा (काठमाडौं), अर्जुन न्यौपाने (नुवाकोट) मनोनयन गरेका छन् ।
कैलाश कोइराला (चितवन), राजु खरेल (काठमाडौं), गौरी दवाडी (काठमाडौं), रमेशकुमार वखती (ललितपुर), हरि अधिकारी (काठमाडौं), राजेश महर्जन (ललितपुर), प्रमुराम श्रेष्ठ (दोलखा) र भगवतीकुमारी खड्का (काठमाडौं) पनि सदस्यमा मनोनयन भएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया