बागमती कांग्रेसमा सभापति बानियाँद्वारा सदस्यहरू मनोनीत

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले १६ जनालाई सदस्यमा मनोनयन गरेका छन् ।

सभापति बानियाँले पार्टीको विधानको धारा १३ (६) को झ बमोजिम सदस्यहरू मनोनयन गरेको मुख्य सचिव राजु नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सभापति बानियाँ संस्थापन पक्षका हुन् । उनले सबैलाई मिलाएर लैजाने प्रयास गरेका छन् ।

सभापति बानियाँले निमा लामा (सिन्धुपाल्चोक), कृष्णलाल भँडेल (भक्तपुर), सन्तबहादुर प्रजा (मकवानपुर) प्रभात तामाङ (रसुवा), कल्पना नेपाली (नुवाकोट), तिलकप्रसाद रुवाली (धादिङ), छिरिङ दोर्जे लामा (काठमाडौं), अर्जुन न्यौपाने (नुवाकोट) मनोनयन गरेका छन् ।

कैलाश कोइराला (चितवन), राजु खरेल (काठमाडौं), गौरी दवाडी (काठमाडौं), रमेशकुमार वखती (ललितपुर), हरि अधिकारी (काठमाडौं), राजेश महर्जन (ललितपुर), प्रमुराम श्रेष्ठ (दोलखा) र भगवतीकुमारी खड्का (काठमाडौं) पनि सदस्यमा मनोनयन भएका छन् ।

Published : Sunday, 2022 March 20, 3:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया