ईञ्जिनियर्स एशोसिएसनको नयाँ कार्यसमितिलाई कांग्रेस प्रवक्ता डा.महतले दिए बधाइ

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले नेपाल ईञ्जिनियर्स एशोसिएसनमा निर्वाचित कार्यसमितिलाई शुभकामना तथा बधाइ दिएका छन् ।

शुक्रबार साँझ महाराजगञ्जस्थित निवासमा भेट्न आएका एशोसिएसनका अध्यक्ष हरिबहादुर दर्लामीसहितका पदाधिकारी र सदस्यहरूलाई बधाइ दिएका हुन् । डा.महतले नयाँ कार्यसमितिलाई लोकतन्त्र र देशको हितका पक्षमा ईञ्जिनियर्सको तर्फबाट खेल्नुपर्ने भूमिका गर्न आग्रह गरेका छन् ।

एशोसिएसनका पदाधिकारीका साथै नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्सका पदाधिकारीहरू पनि प्रवक्ता डा.महतसँग भेट्न गएका थिए ।

यसअघि, प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि एशोसिएसनका अध्यक्ष दर्लामीसहितका पदाधिकारी र सदस्यहरूलाई शुभकामना र बधाइ दिएका थिए ।

प्रधानमन्त्री देउवाले नयाँ कार्यसमितिलाई सफलताको कामना पनि गरेका छन् ।

Published : Saturday, 2022 March 19, 10:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया