रेखाका कारण शर्मिला पक्राउ

काठमाडौं । प्रहरीले कथित अभियन्ता शर्मिला वाइबालाई पक्राउ गरेको छ ।

राप्रपा नेपालको केन्द्रीय सदस्य एवम् अभिनेत्री रेखा थापाको उजुरीका आधारमा प्रहरीको साइबर व्यूरोको टोलीले वाइबालाई चितवनबाट पक्राउ गरेको स्रोतले जनाएको छ ।

वाइबाविरुद्ध अभिनेत्री थापाले उजुरी दिएकी थिइन् ।

थापाविरुद्ध युट्युबमार्फत वाइबाले कपोकल्पित अन्तरवार्ता दिएको प्रहरीले बताएको छ ।

यसअघि, पनि वाइबा पक्राउ परिसकेकी छिन् । प्रहरीलाई दुरुव्यवहार गरेको अभियोगमा उनी पक्राउ परेर छुटेकी हुन् ।

Published : Friday, 2022 March 18, 11:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया