जर्मन नागरिक आशिका तामाङको हर्कतले सीमा नाघ्यो, पाता कस्न माग

काठमाडौं । नेपाली मूलकी जर्मन नागरिक आशिका तामाङले नेपालका राजनीतिक दलका नेता र व्यक्तिलाई लक्षित गरेर सामाजिक सञ्जालमा जथाभावी लेख्ने गरेकी छिन् ।

धादिङ माइत भएकी तामाङले जर्मन नागरिकसँग विवाह गरेर जर्मनीमा बस्दै आएकी छिन् । जर्मनीमा बसेर नेपाल र नेपालीहरूका विरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेखेर भड्काउने हर्कत गर्दै आएकी छिन् ।

फेसबुकमा जर्मन नागरिक तामाङले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हुने गरेर लेखेपछि कारबाहीको माग उठ्न थालेको छ । तामाङले नेपालको भन्दा पनि जर्मन र जर्मनीका नागरिकको चिन्ता लिनुपर्ने सुझाव छ ।

उनले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाविरुद्ध शुक्रबार आपत्तीजनक स्टाटस लेखेकी छिन् । ‘अस्ति एमसीसी पास गर्ने बेला अमेरिकी सेना नेपाल आयो भने मलाई थानकोट कटाइयोस् भन्दै हुनुहुन्थियो त गगन थापा ज्यू’, तामाङले फेसबुकमा स्टाटस र तस्वीर राखेर लेखेकी छिन् ।

जर्मन नागरिक तामाङले आफूलाई स्वघोषित समाजसेवी बताउने गरेकी छिन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसहितका उच्च नेता तथा व्यक्ति एवम् कलाकारहरूविरुद्ध पनि सामाजिक सञ्जालमा लेख्ने गरेकी छिन् ।

जर्मन नागरिक तामाङले हिन्दूधर्मको अपमान हुने गरेर फेसबुकमा समेत तस्वीर र स्टास लेखेकी छिन् । विदेशी नागरिकलाई हिन्दूधर्मको अपमान गर्ने अधिकार कसले दियो ? प्रश्न उठेको छ ।

तामाङले एमसीसीको विरोध गरेर जथाभावी लेख्ने गरेकी छिन् । जर्मन नागरिकलाई नेपालको आन्तरिक विषयमा जथाभावी बोलेको भन्दै सामाजिक सञ्जालमा कारबाहीको माग उठेको छ ।

प्रतिनिधि सभाले एमसीसी अनुमोदन गरिसकेको छ । नेपाली नागरिकले एमसीसीको विषयमा के गर्ने भन्ने अधिकार राख्छन् । जर्मन नागरिकलाई एमसीसी वा नेपालको आन्तरिक विषयमा जथाभावी बोल्ने अधिकार छैन ।

जर्मन नागरिक तामाङलाई सामाजिक सञ्जालमार्फत मुख सम्हाल्न चेतावनी आएको छ । अन्यथा जर्मन सरकारसँग कुरा गरेर तामाङलाई कारबाहीसम्मको तयारी केही युवाहरूले गरेका छन् ।

Published : Friday, 2022 March 18, 10:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया