सभापति देउवाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको चुनावको तयारी स्वरुप केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गरेर चैत ११ गते दिउँसो २ बजे केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेका हुन् ।

बैठक पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्नेछ ।

बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवम् ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको प्रारम्भीक समीक्षा हुनेछ ।

कांग्रेसको संसदीय समिति गठनका विषयमा पनि छलफल हुनेछ ।

Published : Friday, 2022 March 18, 9:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया