गृहमन्त्री खाण शनिबार रुपन्देही र पाल्पाका कार्यक्रममा भाग लिन जाँदै

काठमाडौं । गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाण रुपन्देही र पाल्पा जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन जाने भएका छन् ।

शनिबार बिहान नेता खाण गृहजिल्ला रुपन्देही आउने आउने कार्यक्रम तय भएको छ । गृहमन्त्री खाणसँगै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडा पनि जाने कार्यक्रम रहेको छ ।

गृहमन्त्री खाण शनिबार बिहान ९ बजे रुपन्देहीको शुद्धोधन गाउँपालिका–२ भुजौलीको बनगाइ स्वास्थ्य चौकीको कार्यक्रममा सहभागी हुनेछन् । त्यहाँ स्वास्थ्य शिविर पनि सञ्चालन हुनेछ ।

शनिबार बिहान १० बजे रुपन्देहीको तामनगर–फर्साटिकर सडकखण्डमा पर्ने दानव नदीमा निर्मित पुलको गृहमन्त्री खाणले उद्घाटन गर्ने कार्यक्रम छ ।

मध्यान्ह १२ बजे पाल्पामा नेपाली कांग्रेस रामपुर नगर समितिद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा खाण सहभागी हुनेछन् ।

सो कार्यक्रमपछि पाल्पाकै रामपुर नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

रुपन्देही र पाल्पा जिल्लामा हुने कार्यक्रमहरूमा सहभागी भएर शनिबार बेलुका गृहमन्त्री खाण काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

Published : Friday, 2022 March 18, 8:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया