अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बहानामा देशमा लुटपाट, गृहमन्त्री खाणद्वारा चिन्ता व्यक्त

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले निर्माणको अन्तिम चरणमा रहेको पोखरा क्षेत्रीय विमानस्थलको लागतप्रति चिन्ता गर्दै प्रश्न गरेका छन् ।

चिनियाँ सरकारको महँगो ऋण लगानीमा बन्दै गरेको विमानस्थलको लागत पूर्वनिर्धारितभन्दा निक्कै बढी परेकोमा मन्त्री खाणले प्रश्न गरेका हुन् ।

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा खाणले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलभन्दा पोखरा विमानस्थलको लागत चर्को परेको बताएका छन् ।

भैरहवा विमानस्थलभन्दा पोखरा विमानस्थल सानो छ । सानो भएर पनि त्यो विमानस्थलको लागत किन महँगो ?

खाणले प्रश्न गरेका छन्, ‘नेपाल सरकार र एशियाली विकास बैंकको लगानीको मेरो गाउँको भैरहवा विमानस्थल साढे ३ अर्बमा बन्ने, पोखरा विमानस्थलको लागत चाहिँ ११ अर्ब बढी किन ?’

भैरहवा विमानस्थलको लागत भने करीब ११ अर्ब रुपियाँ रहेको छ । एडीबीको ६ अर्ब ७२ करोड र प्राधिकरणको अतिरिक्त ४ अर्ब रुपियाँ खर्च भएको छ ।

पोखरा विमानस्थलको लागत भने २२ अर्ब पुगिसकेको छ ।

विमानस्थल निर्माणमा पनि नजिकका ठेकदार मात्रै रहन पाउने प्रावधान उचित नभएकोमा उनले विरोध गरेका छन् ।

भैरहवा र पोखरा विमानस्थल निर्माणको प्रमुख प्रदीप अधिकारी थिए । अधिकारीले विमानस्थल निर्माणमा चलखेल गरेको आरोप छ ।

अहिले आएर अधिकारी नेपाल उड्डयन प्राधिकरणको महानिर्देृशक बनेका छन् । अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले काखी च्यापेर ल्याएका हुन् ।

मन्त्री आलेले फेरि धनगढी विमानस्थललाई पनि अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनेर काम अगाडि बढाएका छन् । महँगो ऋण र लागतभन्दा धेरै खर्च भएर मुलुक तहस नहस हुन लागेका बेला आलेलाई अर्को अन्तर्राष्ट्रिय विमानस्थल चहिएको छ ।

Published : Friday, 2022 March 18, 11:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया