कांग्रेसको मकवानपुर– २ ‘क’को कोषाध्यक्षमा अधिकारी र प्रवक्तामा पुडासैनी नियुक्त

हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको क्षेत्र नं. २ को प्रदेश सभा ‘क’ले ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानलाई सफल बनाउने निर्णय गरेको छ ।

बुधबार बसेको कार्यसमितिको बैठकले अभियानलाई गाउँ र टोलमा पुर्‍याएर सफल बनाउने निर्णय गरेको हो ।

सभापति खड्ग गोपालीको सभापतित्वमा बसेको कार्यसमिति बैठकले अभियानलाई गाउँ र टोलीमा पुर्‍याउने निर्णयसहित ३२ वटामा वडामा प्रतिनिधिहरू चयन गरेको छ ।

बैठकले कोषाध्यक्षमा अच्युत अधिकारी र प्रवक्तामा मिलन पुडासैनीलाई चयन गरेको क्षेत्रीय सचिव राजेश सापकोटाले जानकारी दिएका छन् ।

बैठकले राजभाइ श्रेष्ठ, श्यामबहादुर थिङ, गिरिजा पुडासैनी, ताराप्रसाद पाण्डे, बिजय पाख्रिन, सुमन गोलेलाई क्षेत्रीय समितिको सदस्यमा मनोनीत गरेको छ ।

दिनेश बस्नेत, जयबहादुर घलान, निकेशराज ढकाल र श्याम सिंह बोम्जनलाई आमन्त्रित सदस्यको रूपमा चयन गरेको प्रवक्ता मिलन पुडासैनीले जानकारी दिएका छन् ।

Published : Wednesday, 2022 March 16, 9:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया