जागिर फुत्किने भएपछि श्रेष्ठले बहुउदेश्यीय सहकारी संघबाट राजीनामा दिए

काठमाडौं । नेपाल बहुउदेश्यीय केन्द्रीय सहकारी संघ लिमिटेड, ललितपुरको उपाध्यक्ष पदबाट नारायणभक्त श्रेष्ठले राजीनामा दिएका छन् ।

नेपाल दूर सञ्चार कम्पनी लिमिटेड, केन्द्रीय कार्यालय सिंहदरबारका कर्मचारी समेत रहेका श्रेष्ठले नियम विपरीत संघको उपाध्यक्ष पदमा बसेका थिए ।

विरोध भएपछि श्रेष्ठले बाध्य भएर उपाध्यक्ष पदबाट बुधबार राजीनामा दिएका छन् । श्रेष्ठविरुद्ध अदालतमा समेत मुद्धा परेको छ । कारबाहीबाट बच्न श्रेष्ठले समयमा राजीनामा दिएका छन् ।

यसअघि, संघको कार्यकालमा अन्टसन्ट प्रश्नहरू उठाएर राजीनामा दिन अस्वीकार गरेका थिए ।

दूर सञ्चार कम्पनीको सरकारी जागिर फुत्किने डरले श्रेष्ठले उपाध्यक्ष पदबाट राजीनामा दिएर सुरक्षित हुने प्रयास गरेका छन् ।

Published : Wednesday, 2022 March 16, 8:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया