विद्यार्थीलाई सफल बनाउन खेलकुदको ठूलो भूमिका हुन्छ : कांग्रेस नेता तिमिल्सिना, विजेतालाई पुरस्कार वितरण

गेरुवा । नेपाली कांग्रेसका युवा नेता जन्मजय तिमिल्सिनाले विद्यार्थीलाई सफल बनाउन खेलकुदको ठूलो भूमिका हुने बताएका छन् ।

बर्दिया जिल्लाको गेरुवा गाउँपालिकामा बुधबार समापन भएको गेरुवा गाउँपालिका चौथो अध्यक्षकप तथा गेरुवा गाउँपालिका अन्तर विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०७८ प्रतियोगिताको पुरस्का वितरण समारोहका प्रमुख अतिथि तिमिल्सिनाले बालबालिका र विद्यार्थीलाई खेलकुदमा सक्रिय बनाउँदा उनीहरूको क्षमता वृद्धि हुने बताए । उनले खेलकुदका माध्यमबाट देशको नाम राख्न सकिने समेत बताए ।

नेपाल तरुण दलका पूर्व कार्यबाहक अध्यक्ष समेत रहेका नेता तिमिल्सिनाले विद्यार्थीलाई पढाइका साथै खेलकुदमा सक्रिय बनाउनुपर्ने बताए । उनले देशको विकासमा अहिलेका बालबालिकाहरूको भविष्यमा ठूलो योगदान हुने उल्लेख गरेका छन् ।

गाउँबाट नै राम्रा खेलाडीहरू उत्पादन हुने गरेको बताएका तिमिल्सिनाले खेलाडीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने गरेर सिकाउनु पर्ने बताएका छन् ।

प्रतियोगितामा १५ स्कुलको सहभागिता रहेको थियो । जनता उच्च माध्यामिक विद्यालय गोला, एकप्रिय उच्चमाथि पाताभारले उपाधि हासिल गरेका छन् ।

कार्यक्रममा गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसी, उपाध्यक्ष यमकुमारी चौधरीसहित वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, अभिभावक, विद्यार्थी लगायतको ठूलो उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2022 March 16, 8:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया