लोकप्रिय नेतृ थापा मधेश प्रदेश कांग्रेसको सदस्यमा मनोनीत

काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले शर्मिला थापालाई सदस्यमा मनोनीत गरेका छन् ।

सभापति यादवले बुधबार सर्लाही घर भएकी थापालाई मधेश प्रदेश कार्यसमितिको सदस्यमा मनोनीत गरेका हुन् ।

सभापति यादवले नेतृ थापालाई पार्टीको संगठन थप सुदुढ एवम् गतिशील बनाउन आग्रह गरेका छन् ।

सदस्यमा मनोनीत भएकी नेतृ थापा सर्लाही कांग्रेसमा लोकप्रिय छिन् । नेविसंघ हुँदै कांग्रेसको राजनीतिमा प्रवेश गरेकी नेतृ थापाले मधेश प्रदेशमा कांग्रेसलाई बलियो बनाउन भूमिका खेल्ने प्रतिक्रिया दिएकी छिन् ।

Published : Wednesday, 2022 March 16, 6:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया