नेता बस्नेतसँग सभापति लामाद्वारा भेट, कांग्रेसलाई अझै बलियो बनाउन निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक कांग्रेसलाई झन् बलियो बनाएर अगाडि बढाउन नवनिर्वाचित सभापति जंगबहादुर लामालाई निर्देशन दिएका छन् ।

बुधबार काठमाडौंको तीनकुनेस्थित निवासमा भेट्न आएका सभापति लामालाई नेता बस्नेतले कांग्रेसलाई सांगठनिक रुपमा बलियो बनाउन आग्रह गरेका हुन् । उनले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई भेदभाव नगरेर काम गर्न आग्रह गरेको सभापति लामाले बताएका छन् ।

लामा सिन्धुपाल्चोक कांग्रेसको सभापतिमा निर्वाचित भएपछि केन्द्रीय सदस्य बस्नेतलाई भेट्न आएका थिए ।

केन्द्रीय सदस्य बस्नेतको सुझाव र सल्लाहअनुसार सिन्धुपाल्चोक कांग्रेसलाई झन् बलियो बनाउने सभापति लामाले बताएका छन् ।

सभापति लामा संस्थापन समूहका हुन् । उनी शानदार मतका साथ निर्वाचित भएका थिए ।

Published : Wednesday, 2022 March 16, 6:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया