एमसीसीको विरोध गर्ने धुन्धुकारीहरूलाई यसरी दिए गृहमन्त्री खाणले जवाफ

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले एमसीसीको सहयोगमा निर्माण हुने विद्युत् सप्लाइ हुने ट्रान्समिसन र हाइटेन्सन तारबाट विद्युत आउने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खाणले केहीले एमसीसीबाट निर्माण हुने ट्रान्समिसन र हाइटेन्सन लाइनबाट सेना आउने हल्ला फैलाएकोमा चिन्ता जनाए । उनले भने, ‘त्यो लाइनबाट सेना नआई विद्युतमात्र आउँछ ।’

‘एमसीसीको सहयोगमा निर्माण हुने विजुलीको तारबाट विद्युत आउँछ, अमेरिकी सेना आउँदैन’, उनले भनेका छन् ।

खाणले एमसीसी अमेरिकाले गरिवी निवारण, रोजगार र भौतिक निर्माणका लागि नेपालजस्ता मुलुकलाई दिने अनुदान भएको बताएका छन् ।

‘नेपालजस्ता आवधिन निर्वाचन भइरहेका, मानव अधिकारको पालना गर्ने र प्रेस स्वतन्त्रता भएका मुलुकलाई अमेरिकाले दिने अनुदान हो, एमसीसी’, गृहमन्त्री खाणले भनेका छन् ।

‘एमसीसीको त्यो क्राइटएरिया पूरा गरेर हामीले एमसीसी अनुदानमा पाएका हौँ’, उनले भने, ‘यसबारेमा भएका अन्य सबै हल्ला निराधार हुन् ।’

नेपालमा धेरै खोलानाला भएको र ती खोलानालाबाट उत्पादित विद्युतलाई नागरिकका घर घरसम्म पुर्‍याउने ट्रान्समिसन र हाइटेन्सन लाइन निर्माण गर्नका लागि एमसीसी अनुदान प्रक्रिया पुर्‍याएर ल्याइएको गृहमन्त्री खाणले बताएका छन् ।

नेपालमा एमसीसीबारे व्याख्यात्मक घोषणा नहुँदासम्म पारित गर्न र आफू सरकारमा रहेका बेलामा हस्ताक्षर गरेकाहरूले पनि अहिले विरोध गरेको बताए ।

नेपाल सरकारले विभिन्न मुलुकले दिने ऋण स्वीकार गरेको भन्दै उनले अनुदान लिएर कुनै गल्ती नगरेको बताएका छन् ।

Published : Tuesday, 2022 March 15, 6:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया