ब्याख्यात्मक घोषणामा फरक भनेको ‘इंग्लिस र नेपाली’मा उल्था छ, त्यत्ति हो : खाण
काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका गृहमन्त्री बालकृष्ण खाणले एमसीसी सम्झौताको ब्याख्यात्मक घोषणामा कुनै फरक नरहेको बताएका छन् ।
एउटा सार्वजनिक कार्यक्रममा गृहमन्त्री खाणले ब्याख्यात्मक घोषणामा अंग्रेजी र नेपालीमा उल्लख गरिएको दुई पाना टाँसिदिएको बताएका छन् ।
‘ब्याख्यात्मक घोषणा भनेर दुई पाना टाँसिदिएपछि उहाँहरूले मान्नुभयो’, खाणले भने, ‘दुइटा पानामा पनि एमसीसी सम्झौताभित्र जे छ, त्यही छ त्यहाँ ।’
‘एमसीसी सम्झौताभित्र इंग्लिसमा छ । ब्याख्यात्मक घोषणा चाहिँ इंग्लिस र नेपालीमा छ’, उनले भनेका छन् ।
‘ब्याख्यात्मक घोषणा भनेपछि उहाँले मानिदिनुभयो’, उनले भने, ‘माननीयज्यूहरूलाई पनि धन्यावाद । ब्याख्यात्मक घोषणा टाइप गर्ने साथीहरूलाई पनि धन्यावाद ।’
एमसीसीका विषयमा सानो समूहले गलत कुरा गरेर भ्रम छरिरहेका बेला गृहमन्त्री खाणको यो अभिव्यक्ति आएको छ ।
एमसीसीका विषयमा ब्याख्यात्मक घोषणाका बारेमा खाणको अभिव्यक्ति सुनेर कार्यक्रममा उपस्थिति भएकाहरू समेत हाँसेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया