ब्याख्यात्मक घोषणामा फरक भनेको ‘इंग्लिस र नेपाली’मा उल्था छ, त्यत्ति हो : खाण

काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका गृहमन्त्री बालकृष्ण खाणले एमसीसी सम्झौताको ब्याख्यात्मक घोषणामा कुनै फरक नरहेको बताएका छन् ।

एउटा सार्वजनिक कार्यक्रममा गृहमन्त्री खाणले ब्याख्यात्मक घोषणामा अंग्रेजी र नेपालीमा उल्लख गरिएको दुई पाना टाँसिदिएको बताएका छन् ।

‘ब्याख्यात्मक घोषणा भनेर दुई पाना टाँसिदिएपछि उहाँहरूले मान्नुभयो’, खाणले भने, ‘दुइटा पानामा पनि एमसीसी सम्झौताभित्र जे छ, त्यही छ त्यहाँ ।’

‘एमसीसी सम्झौताभित्र इंग्लिसमा छ । ब्याख्यात्मक घोषणा चाहिँ इंग्लिस र नेपालीमा छ’, उनले भनेका छन् ।

‘ब्याख्यात्मक घोषणा भनेपछि उहाँले मानिदिनुभयो’, उनले भने, ‘माननीयज्यूहरूलाई पनि धन्यावाद । ब्याख्यात्मक घोषणा टाइप गर्ने साथीहरूलाई पनि धन्यावाद ।’

एमसीसीका विषयमा सानो समूहले गलत कुरा गरेर भ्रम छरिरहेका बेला गृहमन्त्री खाणको यो अभिव्यक्ति आएको छ ।

एमसीसीका विषयमा ब्याख्यात्मक घोषणाका बारेमा खाणको अभिव्यक्ति सुनेर कार्यक्रममा उपस्थिति भएकाहरू समेत हाँसेका छन् ।

Published : Monday, 2022 March 14, 10:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया