राजु गोर्खाली कांग्रेसको महासमिति सदस्यमा निर्वाचित, मतदातालाई दिए धन्यावाद

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका नेता राजेन्द्र गोर्खाली ‘राजु’ महासमिति सदस्यमा निर्वाचित भएका छन् ।

सिन्धुपाल्चोक कांग्रेस अधिवेशनका क्रममा गोर्खाली लोकप्रिय मतसहित निर्वाचत भएका हुन् ।

उनी सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट महासमिति सदस्यमा निर्वाचित भएका छन् ।

महासमिति सदस्यमा मतदाताहरूले अमूल्य मत दिएर निर्वाचित गराएकोमा गोर्खालीले धन्यावाद दिएका छन् ।

उनले महाधिवेशनबाट निर्वाचित सबैलाई बधाइ दिएका छन् । ‘महाधिवेशनबाट नयाँ कार्यसमिति आएको छ’, गोर्खालीले भने, ‘अब हाम्रो उदेश्य कांग्रेसलाई जिताउने हुनुपर्छ । कुनै तितामीठा कुरा छन् भने भुलेर एकताबद्ध बनेर जानुपर्छ ।’

युवा नेता गोर्खालीले सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं. २ लाई आफ्नो राजनीतिक थलो बनाएका छन् ।

Published : Monday, 2022 March 14, 8:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया