तरुण अध्यक्ष ‘हाउडे’ सिन्धुपाल्चोक कांग्रेसको उप–सभापतिमा विजयी
सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकको उप–सभापतिमा दोर्जे लामा ‘हाउडे’ निर्वाचित भएका छन् ।
नेपाल तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष समेत रहेका लामा उप–सभापतिमा निर्वाचित भएका हुन् । सभापतिमा पराजित भएका वंशलाल तामाङको प्यानलबाट उनी उप–सभापतिमा उम्मेदवार बनेका थिए ।
लामाले लोकप्रिय मत पाएका छन् । लामाले कांग्रेसका प्रतिनिधिहरूले विश्वास गरेर आफूलाई जिताएको भन्दै धन्यावाद दिएका छन् ।
लामाले भने, ‘कांग्रेसलाई एक बनाउने हो । विगतमा के–के भयो ती सबै नकारात्मक कुरालाई भेलेर कांग्रेसलाई जिताउने हो ।’
‘सिन्धुपाल्चोकका सबै पालिका, प्रदेश सभा निर्वाचन र दुबै निर्वाचन क्षेत्रमा कांग्रेसले विजयीको चारतारे झण्डा गाड्ने हो’, उनले भने, ‘हामी मिलेर जाने हो । मिलेर जाँदा मबाट हुने सबै सहयोग र त्याग गर्नेछु ।’
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया