तरुण अध्यक्ष ‘हाउडे’ सिन्धुपाल्चोक कांग्रेसको उप–सभापतिमा विजयी

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकको उप–सभापतिमा दोर्जे लामा ‘हाउडे’ निर्वाचित भएका छन् ।

नेपाल तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष समेत रहेका लामा उप–सभापतिमा निर्वाचित भएका हुन् । सभापतिमा पराजित भएका वंशलाल तामाङको प्यानलबाट उनी उप–सभापतिमा उम्मेदवार बनेका थिए ।

लामाले लोकप्रिय मत पाएका छन् । लामाले कांग्रेसका प्रतिनिधिहरूले विश्वास गरेर आफूलाई जिताएको भन्दै धन्यावाद दिएका छन् ।

लामाले भने, ‘कांग्रेसलाई एक बनाउने हो । विगतमा के–के भयो ती सबै नकारात्मक कुरालाई भेलेर कांग्रेसलाई जिताउने हो ।’

‘सिन्धुपाल्चोकका सबै पालिका, प्रदेश सभा निर्वाचन र दुबै निर्वाचन क्षेत्रमा कांग्रेसले विजयीको चारतारे झण्डा गाड्ने हो’, उनले भने, ‘हामी मिलेर जाने हो । मिलेर जाँदा मबाट हुने सबै सहयोग र त्याग गर्नेछु ।’

Published : Monday, 2022 March 14, 8:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया