सिन्धुपाल्चोक कांग्रेसमा सभापतिमा को अगाडि ? भगौडा बागीका दिनगन्ती शुरू

काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापतिको मतगणना सुरु भएको छ ।

आइतबार सभापतिका लागि दोस्रो पटक मतदान भएको थियो । संस्थापनबाट जंगबहादुर तामाङ र शेखर कोइराला समूहबाट वंशलाल तामाङ सभापतिबीच मतदान भएको हो ।

राति ९ बजेको अपडेटअनुसार ३ सय मतगणना भएको छ । जंगबहादुर तामाङ १५४ मतसहित अग्रता लिएका छन् । वंशलाल तामाङले १३९ मत पाएका छन् ।

संस्थापन समूहका बागी बनेर सभापतिमा तेस्रो भएपछि आउट भएका भगौडा प्रेमध्वज लामाले शेखर समूहका वंशलाललाई समर्थन गरेका थिए ।

संस्थापन समूहमा बागी भनेर धोखा दिएका प्रेमध्वजलाई सिन्धुपाल्चोक कांग्रेसमा राजनीति गर्न अब कठिन हुनेछन् ।

प्रेमध्वजका दिनगन्ती शुरु भएको चर्चा हुन थालेको छ ।

Published : Sunday, 2022 March 13, 9:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया