सर्वोच्चको आदेशले माधव नेपाललाई राहत, केपी ओलीलाई तनाब
काठमाडौं । सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी) विरुद्ध परेको मुद्धाको सुनुवाई चैत २० गतेदेखि गर्ने भएको छ ।
आइतबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले दायर गरेको रिटलाई पूर्ण सुनुवाइमा लैजाने निर्णय गरेको हो । यो आदेशपछि नेकपा (एस)लाई राहत मिलेको छ ।
अध्यक्ष नेपालसहित १४ सांसदविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ चैत २० गतेदेखि हुनेछ । पार्टी विभाजन गरेर नयाँ पार्टी गठन गरेका नेपालसहित १४ जना सांसदविरुद्ध ओलीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
रिटमा सर्वोच्चले अन्तिम सुनुवाइका लागि चैत २० गते पेसी तोक्न आदेश जारी गरेको छ ।
मुद्दाको पक्ष र विपक्ष दुवै तर्फबाट लिखित जवाफ पेस भएको र अन्य मुद्दाको अङ्ग पुगेकाले फैसला केन्द्रित सुनुवाका लागि पेसी तोक्न संयुक्त इजलासले आदेश गरेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया