सर्वोच्चको आदेशले माधव नेपाललाई राहत, केपी ओलीलाई तनाब

काठमाडौं । सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी) विरुद्ध परेको मुद्धाको सुनुवाई चैत २० गतेदेखि गर्ने भएको छ ।

आइतबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले दायर गरेको रिटलाई पूर्ण सुनुवाइमा लैजाने निर्णय गरेको हो । यो आदेशपछि नेकपा (एस)लाई राहत मिलेको छ ।

अध्यक्ष नेपालसहित १४ सांसदविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ चैत २० गतेदेखि हुनेछ । पार्टी विभाजन गरेर नयाँ पार्टी गठन गरेका नेपालसहित १४ जना सांसदविरुद्ध ओलीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिटमा सर्वोच्चले अन्तिम सुनुवाइका लागि चैत २० गते पेसी तोक्न आदेश जारी गरेको छ ।

मुद्दाको पक्ष र विपक्ष दुवै तर्फबाट लिखित जवाफ पेस भएको र अन्य मुद्दाको अङ्ग पुगेकाले फैसला केन्द्रित सुनुवाका लागि पेसी तोक्न संयुक्त इजलासले आदेश गरेको छ ।

Published : Sunday, 2022 March 13, 7:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया