कांग्रेस निकटको प्रेस युनियनको महाधिवेशन हेटौँडामा हुने

काठमाडौं । नेपाली कांग्रेस निकटका पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनको ९औँ महाधिवेशन जेठको दोस्रो साता हुने भएको छ ।

आइतबार काठमाडौंमा बसेको युनियनको बैठकले महाधिवेशन जेठको १३ र १४ गते हेटौंडामा गर्ने निर्णय भएको अध्यक्ष बद्री सिग्देलले जानकारी दिएका छन् ।

अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न आधा दर्जन समितिहरू पनि गठन भएका छन् ।

Published : Sunday, 2022 March 13, 7:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया