सर्लाही कांग्रेसको सभापतिमा सिंह अगाडि

काठमाडौं । नेपाली कांग्रेस सर्लाहीको सभापतिमा संस्थापन समूहका सुरेन्द्रप्रसाद सिंह अगाडि देखिएका छन् ।

आइतबार जारी मतगणनाअनुसार सिंहले ८३२ मत पाएका छन् । शेखर कोइराला समूहका सभापतिका उम्मेदवार लक्ष्मण रायले ७७३ मत पाएका छन् ।

उपसभापतिमा नवीन अधिकारी ८१४, रविनन्दन चौधरी ‘पप्पु’ ८०७, डा.सरोज कुमार ‘राजु’ ८३९ र शेख सदुल्लाहले ७२५ मत पाएका छन् ।

सचिवहरूमा नरेन्द्र भट्टराई ८१२, कृष्ण राज रायमाझी ७५६, निरज कार्कीको ८०७ र मनोज कुमार यादवले ६९५ मत पाएका छन् ।

सह–सचिवहरूमा सूर्यबहादुर खड्का ७६९, दिनेश मिश्रको ७०३, ईन्द्रबहादुर योन्जन ८३२ र सुनिलकुमार कुशवाहले ७४२ मत पाएका छन् ।

Published : Sunday, 2022 March 13, 4:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया