कम्युनिस्टले सधैँ धनकुटालाई धोका दिए, ‘रुख’मा भोट हालेर कांग्रेसलाई जिताउनुस् : रामहरि खतिवडा

धनकुटा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले कांग्रेसले गरेका कामहरूको जानकारी जनतालाई भन्न नसक्दा पराजित हुनु परेको बताएका छन् ।

नेपाली कांग्रेस धनकुटाले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले कांग्रेसले गरेको कामको बारेमा प्रचार गर्नुपर्ने बताए । उनले कांग्रेसलाई जिताउन वडा र गाउँलाई बलियो बनाउनुपर्ने बताएका छन् ।

कांग्रेसले सबै जातजातीलाई पार्टीमा ठाउँ दिएको बताएका खतिवडाले पहिलो महिलालाई कांग्रेसले मन्त्री समेत बनाएको बताए । उनले एमालेले जस्तो अवसरवादी पार्टी कांग्रेस नरहेको बताए ।

पूर्वसांसद समेत रहेका खतिवडाले एमसीसीका विषयमा कम्युनिस्टहरूले भ्रम फिजाएर जनतालाई गुमराहमा राखेको बताए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाको एक्लो पहलमा एमसीसीमा अरु दलहरूले पनि समर्थन गरेर संसदबाट अनुमोदन हुने अवस्था आएको बताए । एमसीसी गलत नरहेको बताए ।

कांग्रेस नेता खतिवडाले धनकुटा जिल्लामा जनतालाई गाउँ–गाउँमा पुगेर स्थानीय तहको पक्षमा प्रचार गरिने बताए । उनले स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई भोट दिएर जिताउनुपर्ने बताए ।

उनले कम्युनिस्टले धनकुटामा जित्दा जिल्लाको विकास हुन नसकेको बताए । खतिवडाले कांग्रेसको रुख चिन्हमा भोट हालेर कांग्रेसका उम्मेदवारहरूलाई जिताउने अनुरोध गरेका छन् ।

नेता खतिवडाले ३६४ दिन जे भए पनि ३६५औँ दिन अर्थात मतदानको एकदिन रुख चिन्हमा मतदान गर्न आग्रह गरेका छन् ।

यसैबीच खतिवडाले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको धनकुटामा उद्घाटन गरेका छन् । कार्यक्रममा जिल्ला सभापति दिनेश राईसहितका जिल्ला नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2022 March 13, 4:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया