देउवालाई राजीनामा बुझाएर घिमिरे आफूलाई भोट माग्न हिँडे

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले पदबाट राजीनामा दिएका छन् ।

घिमिरेले संयोजक पदबाट दिएको राजीनामा कांग्रेस सभापति शेरबहादुर देउवाले स्वीकृत गरेको सचिव केशव रिजालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

घिमिरे नेपाल वार एशोसिएशनको केन्द्रीय महाधिवेशनमा लोकतान्त्रिक एवम् प्रगतिशील समूहको तर्फबाट अध्यक्ष पदमा साझा उम्मेदवार छन् ।

अध्यक्ष पदमा उम्मेदवार बनेका कारण घिमिरेले निर्वाचन समितिको संयोजक पदबाट राजीनामा दिएका हुन् । उनी नेपाल वारको निर्वाचनमा भोट माग्न हिँडेका छन् ।

Published : Sunday, 2022 March 13, 2:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया