चीनमा कोरोना बढ्यो, सांघाईका विद्यालय र केही शहर बन्द

हङकङ । चीनमा कोरोना भाइरसको संक्रमण फेरि तीव्र रुपमा फैलिन थालेको छ ।

आइतबार चीनमा करीब ३ हजार ४ सय नयाँ संक्रमित फेला परेका छन् ।

संक्रमितको संख्या ह्वात्तै बढेपछि सांघाईमा विद्यालयहरू बन्द गरिएको छ । केही शहरहरूमा लकडाउन गरिएको छ ।

संक्रमित बढ्न थालेपछि फ्रान्सले ८० वर्षभन्दा बढी उमेरका नागरिकलाई कोरोना भाइरसको चौथो मात्रा दिने तयारी सुरु गरेको छ ।

Published : Sunday, 2022 March 13, 11:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया