सिन्धुपाल्चोक कांग्रेस सभापतिको मतगणता जारी, को अगाडि ?

काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा १ हजार मत गणना हुँदा संस्थापन र शेखर कोइराला समूहबीच प्रतिस्पर्धा देखिएको छ ।

शनिबार राति जारी मतगणनाअनुसार संस्थापन समूहका जंगबहादुर तामाङले ३८४ मत पाएका छन् ।

शेखर कोइराला समूहका सभातिका उम्मेदवार वंशलाल तामाङले ३६३ मत पाएका छन् ।

संस्थापनका सभापतिका बागी उम्मेदवार प्रेमध्वज लामाले २३८ मत पाएका छन् । प्रेमध्वजले संस्थापनको मत काटिदिएका छन् ।

यसअघि, नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन प्रक्रियामा संस्थापन समूहका १५ जना जिल्ला सदस्य निर्विरोध बनेका छन् ।

शेखर कोइराला समूहले सदस्यहरूमा उम्मेदव नपाएपछि संस्थापनले १५ जना जिल्ला सदस्य निर्विरोध पाएको हो । सिन्धुपाल्चोकमा संस्थापन बलियो मानिन्छ ।

यसैबीच, सिन्धुपाल्चोकको क्षेत्र नं. १ को महासमिति सदस्यमा ११ जना निर्विरोध भएका छन् । उनीहरू सबै संस्थापन पक्षका हुन् । क्षेत्र नं. १ मा शेखर कोइराला समूहको पत्तासाफ भएको छ ।

क्षेत्र नं. २ मा बासु अधिकारी महासमिति सदस्यमा निर्विरोध भएका छन् । अधिकारी पनि संस्थापन समूहका हुन् । क्षेत्र नं. २ मा बाँकी १० सदस्यमा निर्वाचन हुनेछ ।

Published : Saturday, 2022 March 12, 11:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया