सर्प पाल्न ७० करोड दुरुपयोग गरेका झलनाथ खनालको खुट्टा डरले लुगलुग काम्यो

काठमाडौं । सर्प पाल्न ७० करोड रुपियाँ झ्वाम पारेका नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले प्रतिनिधि सभाको निर्वाचनमा पराजित हुने भनेर डराएका छन् ।

शनिबार राजधानीमा नेकपा (एकीकृत समाजवादी)को इलाम–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले प्रतिनिधि सभाको निर्वाचनमा पराजित हुने संकेत गरेका हुन् । उनले आउँदो चुनावमा नेपाली कांग्रेस र एमाले बोरामा पैसा बोकेर चुनावमा जाने दाबी गरेका छन् ।

उनीहरूको चरित्रै त्यस्तै भएको र यसअघि जितेका क्षेत्रमा पनि पैसाकै धाकमा जितेको खनालले आरोप लगाएका छन् ।

‘कांग्रेसले चुनावमा बोरामा पैसा बोकेर जान्छ । उसको चरित्र त्यस्तै हो’, नेता खनालले भने, ‘हामी सबै जितेर आएका छौं भनिराछन् नि, त्यो सबै धाक पैसाको हो ।’

एमालेका अध्यक्ष खड्गप्रसाद ओली र अरु नेताहरू पनि बोरामै पैसा बोकेर निर्वाचन जाने खनालले आरोप लगाएका छन् ।

खनालले आफूलाई इलामबाट हराउन कांग्रेस र एमालेको बैठक नै बसेको दाबी गरेका छन् ।

‘एकदिन कांग्रेस नेताहरूको बैठक बस्यो । बैठकमा कसलाई हराउने भन्दा एक नम्बरमा झलनाथ खनाललाई हराउने’, उनले भने, ‘अर्को एकदिन एमालेको पनि बैठक बस्यो । त्यहाँ पनि इलाम क्षेत्र १ बाट मलाई हराउने सल्लाह भयो ।’

उनले चुनावी तालमेल नेतृत्वको चाहनाअनुसार हुने बताएका छन् । उनले सम्भावना भएको ठाउँमा एक्लै चुनावमा जाने बताएका छन् ।

‘झलनाथ खनाल फाउण्डेशन’ खोलेर सर्लाहीमा सर्प पाल्न ७० करोड लगेका खनालको सो विषयमा विवादमा छ । उनको नाममा रहेको फाउण्डेशनले सरकारी पैसा लगेर हिनामिना र दुरुपयोग गरेको आरोप छ ।

Published : Saturday, 2022 March 12, 11:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया