वैदेशिक रोजगार व्यवसायी संघको तदर्थ समिति विस्तार

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अधिकार सम्पन्न तदर्थ समितिका संयोजक विमल ढकालले कार्यसमिति विस्तार गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको परामर्शमा संयोजक ढकालले ७ सदस्यीय कार्यसमिति गठन गरेका हुन् ।

ढकालले समितिको सदस्यमा दिलप्रसाद पोख्रेल (माओवादी), प्रेमबहादुर कटुवाल (स्वतन्त्र), रघु पुरी (एमाले), प्रज्ञान न्यौपाने (नेपाली कांग्रेस), रबिन्द्र यादव (जसपा नेपाल) र वाइ.बि.राई (नेकपा एकीकृत समाजवादी)लाई मनोनीत गरेका हुन् ।

सदस्यद्वय दिलप्रसाद पोख्रेल र प्रेमबहादुर कटुवाल संघका पूर्वअध्यक्ष समेत हुन् ।

संयोजक ढकालले सबै राजनीतिक दलहरू समर्थक व्यवसायीहरूलाई सहमतिमा ल्याएर कार्यसमिति बनाएका छन् ।

कार्यसमितिमा मनोनीत भएका सदस्यहरू वरिष्ठ व्यवसायीहरू हुन् । संयोजक ढकाल नेपाली कांग्रेस निकटका हुन् ।

Published : Saturday, 2022 March 12, 10:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया