गोंगबु आवासको अध्यक्षमा श्रेष्ठ निर्वाचित

काठमाडौं । काठमाडौंको गोंगब आवास क्षेत्र सुधार समितिको अध्यक्षमा पाण्डवकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

शनिबार भएको मतदान प्रक्रियामा श्रेष्ठले १४१ मतसहित निर्वाचित भएको वरिष्ठ सदस्य प्रकाशकुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठसँग अध्यक्षका प्रतिद्वन्द्वी भोला सुवेदी पराजित भएका छन् । सुवेदीले ११९ मत पाएका थिए ।

आवास क्षेत्रमा ५०० घरधुरी रहेका छन् । घरधनी सदस्यहरूमध्ये जम्मा मतदाता ३६५ छन् । निर्वाचनमा २६१ भोट खसेको थियो ।

अध्यक्षमा निर्वाचित श्रेष्ठ धादिङ जिल्लाका हुन् । समितिमा रहेर लामो समय काम गरेको अनुभव उनीसँग छ ।

अध्यक्ष पदमा सहमति हुन नसकेपछि निर्वाचन भएको थियो । बाँकी अन्य सबै पदमा सहमति भएको छ ।

उपाध्यक्षमा रोशन श्रेष्ठ, महासचिवमा तिलबहादुर अधिकारी, कोषाध्यक्षमा लक्ष्मण ढुंगाना, सचिवमा दीपक पौडेल निर्विरोध भएका छन् ।

सदस्यहरूमा प्रकाशकुमार श्रेष्ठ, पुरुषोत्तम महर्जन, रेणु दाहाल, कीर्तिरमेश जोशी, नारायण नेपाली, गोपीनाथ अधिकारी पनि सर्वसम्मत चयन भएका छन् ।

नेपाल सरकार काठमाडौं उपत्यका नगर विकास आयोजना समितिबाट गोंगबु आवास क्षेत्र एकीकरण आयोजनालाई २०५२ सालमा काठामाडौंको रिङगरोडभित्र रहेको जग्गा हस्तान्तरण गरिएको थियो ।

शनिबार निर्वाचित नयाँ कार्यसमितिको पदावधी दुई वर्षको हुनेछ ।

Published : Saturday, 2022 March 12, 8:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया