दलितहरूको उत्थान कांग्रेस गर्छ, कम्युनिस्टले झुठो आश्वासन मात्रै दिने हुन् : उप–सभापति खनाल
प्यूठान । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उप–सभापति एवम् पूर्वसांसद राजु खनालले कांग्रेसले नै दलित समुदायको उत्थान गर्ने बताएका छन् ।
नेपाल दलित संघ लुम्बिनी प्रदेशको पहिलो अधिवेशनलाई शुक्रबार प्यूठानमा सम्बोधन गर्दै उप–सभापति खनालले कांग्रेसको नेतृत्वमा बनेको संविधानले दलितहरूलाई अधिकार दिएको बताए । उनले दललित समुदायलाई कांग्रेसले शिक्षा, स्वास्थ्य, रोजगारीसहित राज्यका हरेक ठाउँमा अवसर दिएको बताए ।
कम्युनिस्टले सधैँ दलितहरूलाई झुठा आश्वासन दिएर प्रयोग गरेको खनालले बताए । ‘कम्युनिस्टले सधैँ दलितहरूलाई आफ्नो दास सम्झियो । दलितका नाममा राजनीति गरेर आफ्नो राजनीतिक स्वार्थ पूरा गरेका छन्’, उनले भने, ‘कांग्रेसले कम्युनिस्ट जस्तो झुठको खेती गर्दैन । कांग्रेसले जे बोल्छ त्यो गर्छ ।’
कांग्रेसका कारण धेरै दलितहरूले अधिकार पाएको उनको भनाइ छ ।
उप–सभापति खनालले स्थानीय तहको निर्वाचन आउन थालेको भन्दै निर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन अपील गरेका छन् । निर्वाचनमा कम्युनिस्टका झुठा र मीठा कुराको पछाडि नलाग्न उनले आग्रह गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया