निषेधित क्षेत्रबाट चिनियाँ नागरिक पक्राउ, नेपालमा चीनको निकै हकर्त बढ्यो
संखुवासभा । प्रहरीले संखुवासभाको उत्तरी क्षेत्रमा संकास्पद गतिविधि गर्ने एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
नेपाल र चीनको सीमावर्ती नाका किमाथाङ्काको निषेधित क्षेत्रमा हिँडिरहेको अवस्थामा भोटखोला गाउँपालिका–१ किमाथाङ्कामा प्रहरीको गस्ती टोलीले छोङ जेनजियन नाम गरेका २८ वर्षीय पुरुषलाई शुत्ररवार पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी जीवनकुमार गौतमले चिनियाँ नागरिक छोङ जेनजियनलाई संकास्पद अवस्थामा पक्राउ गरेको जानकारी दिएका छन् ।
चिनियाँ नागरिकको साथमा राहदानी भेटिएको छ । उनीमाथि थप अनुसन्धान गर्न अध्यागमन विभाग काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
नेपालमा चिनियाँ नागरिकहरूले शंकास्पद गतिविधि गर्दै आएका छन् । उनीहरूको अराजक हर्कतबाट सुरक्षा निकाय आजित बनेका छन् ।
नेपालमा चिनियाँ नागरिकहरू अबैध रुपमा बसेर सानाभन्दा साना काम गर्नेदेखि नेपालीहरूलाई गालीगलौज समेत गर्ने गरेका छन् ।
दुई वर्ष अगाडि सिंहदरबारको पश्चिमगेट अगाडि चिनियाँ नागरिकहरूले सुरक्षाकर्मीलाई कुटपिट समेत गरेका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया