मनाङ कांग्रेसद्वारा केन्द्रीय प्रतिनिधि लामालाई स्वागत, २८ वडाहरूमा अभियान चलाउने
काठमाडौं । नेपाली कांग्रेस मनाङले ‘घर–घर जाऔँ, कांग्रेस जितऔँ’ अभियानका केन्द्रीय प्रतिनिधि गणेश लामालाई स्वागत गरेको छ ।
शुक्रबार काठमाडौंमा आयोजित भेलामा मनाङ केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका केन्द्रीय सदस्य लामालाई स्वागत गरिएको केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री टेकबहादुर गुरुङले जानकारी दिए ।
उनले भने, ‘केन्द्रीय प्रतिनिधि गणेश लामालाई स्वागत गरेका छौँ । फागुन २९ देखि वैशाख ३ गतेसम्म हुने एक महिने अभियानको तयारीका बारेमा छलफल भएको छ ।’
मनाङ जिल्लामा ४ वटा गाउँपलिका र २८ वटा वडाहरू छन् । ती सबै वडामा पुगेर लामासहितका नेताहरूले वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन केन्द्रित प्रचार प्रसारको काम हुनेछ ।
पूर्वमन्त्री गुरुङले एमसीसीका विषयमा सीमित स्वार्थ समूहबाट फैलाइएको भ्रम चिर्ने काम हुने बताए । उनले भने, ‘एमसीसीको अनुदान रकमबाट नेपालको उर्जा अर्थात पानीबाट विजुली निकालेर भारत, बंगलादेशमा बिक्री गरिनेछ ।’
‘खाडी मुलुकहरू, दक्षिण कोरिया, मलेसिया लगायतका देशहरूमा जस्तै नेपालमा पनि अब विकास हुनेछ’, उनले भने, ‘अमेरिकाले राम्रो मनसाय राखेर दिएको सहायताका विषयमा गाउँमा गएर जनतालाई त्यसको फाइदाका बारेमा बुझाउने छौँ ।’
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया