निर्माण व्यवसायी महासंघको अध्यक्षमा उम्मेदवार बनेका पाण्डे यस कारण कांग्रेस हुन्

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता निकोलास पाण्डेले नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा पदमा उम्मेदवारी दिएका छन् ।

महासंघमा उपाध्यक्ष रहेका पाण्डेले शुक्रबारबाट काठमाडौंमा शुरु भएको अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । कांग्रेसले पाण्डेलाई अध्यक्षमा विजयी बनाउन अपील गरेको छ ।

कांग्रेसले पाण्डेलाई अध्यक्षमा विजयी बनाउन मतदाताहरूसँग आग्रह गरेको छ । राप्रपा निकटका व्यवसायीहरू पनि पाण्डेप्रति सकारात्मक छन् ।

विरोधीहरूले अध्यक्षका उम्मेदवार पाण्डका बारेमा नानाभाँती आरोप र आक्षेपहरू लगाएका छन् । तर, पाण्डे कांग्रेसका इमान्दार कार्यकर्ता हुन् ।

पाण्डेका बुबा पूर्वमन्त्री एवम् राप्रपाका नेता हुन् । तर, छोरा एक वर्ष अगाडि नै राप्रपा छाडेर कांग्रेसमा प्रवेश गरेका थिए । बुबा राप्रपामा रह्यो भन्दैमा युवा नेता पाण्डेका बारेमा नकारात्मक टिकाटिप्पणी गर्नु उचित नहुने प्रतिक्रिया कांग्रेस निकटका व्यवसायीहरूको छ ।

पाण्डेलाई नेपाली कांग्रेसका तत्कालीन केन्द्रीय सदस्य एवम् निर्माण समन्वय विभागका प्रमुख वीरबहादुर बलायरले पार्टी सदस्यता प्रदान गरेका थिए ।

Published : Friday, 2022 March 11, 1:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया