एमसीसी पास हुनेवित्तिकै जापानले पनि दियो अनुदानमा ठूलो रकम, कांग्रेस सरकारको दिन खुल्यो

काठमाडौं । प्रतिनिधि सभाबाट एमसीसी अनुमोदन भएको दुई हप्ताभित्र जापान सरकारले नेपाललाई २ अर्ब ३१ करोड रुपियाँ बराबरको अनुदान सहायता उपलब्ध गराएको छ ।

बिहीबार नेपाल र जापान सरकारबीच अनुदान पत्रमा हस्ताक्षर भएको छ । पत्रमा अर्थसचिव मधुकुमार मरासिनी र नेपालका लागि जापानका राजदूत किकुता युटाकाले हस्ताक्षर गरेका छन् ।

जापानले उपलब्ध गराउने यो अनुदान रकम विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयनमा खर्च हुने अर्थ मन्त्रालयले जनाएको छ ।

नेपाललाई सबैभन्दा धेरै अनुदान उपलब्ध गराउने देशमा जापान पर्छ ।

नेपाली कांग्रेस नेतृत्वका लोकतान्त्रिक सरकार बनेपछि विदेशी दातृ निकायहरूले नेपाललाई सहायता दिन थालेका छन् ।

Published : Friday, 2022 March 11, 8:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया