फ्रि तिब्बतको पक्षमा जोरपाटीमा बेलुन उड्यो

काठमाडौं । स्वतन्त्र तिब्बतको माग गर्दै काठमाडौंको जोरपाटीमा बेलुन उडाइएको छ ।

तिब्बत विद्रोहको दिन मार्च १० को अवसर पारेर केही युवाहरूले बिहीबार फ्रि तिब्बत, सोलाडिरिटी तिब्बत नारासहित बेलुन उडाएका हुन् ।

उनीहरूले तिब्बतीहरूको स्वतन्त्रता, मानवअधिकारको संरक्षण, तिब्बती शरणार्थीको सम्मान लगायत एजेण्डाको सम्बोधन हुनुपर्ने माग गरेका छन् ।

सुरक्षा थ्रेटका कारण उनीहरूले आफ्नो परिचय खुलाउन भने अस्वीकार गरेका छन् ।

तिब्बती विद्रोह दिवस मार्च १० का दिन मनाइने गरिन्छ ।

तिब्बतमा जनवादी गणतन्त्र चीनको उपस्थितिविरुद्ध १९५९ को तिब्बती विद्रोहको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।

तिब्बती स्वतन्त्रता समूहहरूले अक्सर मार्च १० मा तिब्बतको स्थितिमा ध्यानाकर्षण गर्न विरोध प्रदर्शन वा अभियानहरू आयोजना गर्छन् ।

Published : Friday, 2022 March 11, 8:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया