बाग्मती कांग्रेसले प्रतिनिधि खटायो, दुई दिन निर्वाचनसम्बन्धी प्रशिक्षण दिने

हेटौँडा । नेपाली कांग्रेस बाग्मती प्रदेशले ‘घर घर जाउँ, नेपाली कांग्रेस जिताऔँ’ अभियान सफल पार्न नगरपालिकाहरूमा आफ्ना सदस्य खटाउने निर्णय गरेको छ ।

बिहीबार ललितपुरमा बसेको प्रदेश कार्यसम्पादन समितिको बैठकले प्रदेशभित्रका ४१ नगरपालिका, १ उप–महानगरपालिका र ३ महानगरपालिकामा प्रदेश प्रतिनिधिको रुपमा प्रदेश सदस्यहरू खटाउने निर्णय गरेको सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए ।

बैठकले आगामी चैत ७ गते हेटौंडामा प्रदेश कार्यालयको उद्घाटन गर्ने निर्णय पनि गरेको छ ।

बाग्मती कांग्रेसले आगामी चैत ७ र ८ गते हेटौंडामा आफ्ना सदस्यहरूलाई स्थानीय निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम समेत आयोजना गर्ने भएको छ ।

सभापति बानियाँलले स्थानीय तहको निर्वाचन नजिक आएका कारण कांग्रेसले टिकट दिने उम्मेदवारहरूले जसरी पनि जित्नुपर्ने बताएका छन् । उनले समय थोरै रहेको भन्दै प्रचार प्रसारमा लाग्न निर्देशन दिएका छन् ।

Published : Thursday, 2022 March 10, 11:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया