५० दिनका लागि एक लाख म्यादी प्रहरी भर्ना गरिने, बजेट स्वीकृत

काठमाडौं । गृह मन्त्रालयले स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गर्ने भएको छ ।

मन्त्रालय १ लाख म्यादी प्रहरी भर्नाको तयारीमा छ । स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुन लागेको छ ।

म्यादी प्रहरी भर्ना गर्न नेपाल प्रहरीले अर्थ मन्त्रालयसँग बजेट माग गरेको छ । बुधबार अर्थ मन्त्रालयले प्रहरीलाई बजेट दिने निर्णय गरेको छ ।

म्यादी प्रहरी ५० दिनका लागि भर्ना लिने तयारी छ । म्यादी प्रहरीले प्रहरी जवानबराबर तलब, रासनभत्ता र खाजाखर्च पाउँछन् । जवानको तलब २२ हजार छ ।

Published : Thursday, 2022 March 10, 9:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया