लुम्बिनी कांग्रेसद्वारा केन्द्रीय प्रतिनिधिलाई सहयोग गर्न प्रतिनिधि पठाउने निर्णय
बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले सबै जिल्ला र प्रदेश सभा क्षेत्रहरूमा प्रतिनिधि खटाउने निर्णय गरेको छ ।
बुधबार बुटवलमा बसेको कार्यसमितिको बैठकले केन्द्रीय प्रतिनिधिहरूलाई सहयोग गर्न र समन्वयका लागि प्रदेश कार्यसमितिबाट प्रतिनिधि खटाउने निर्णय गरेको उप–सभापति राजु खनालले जानकारी दिए ।
कांग्रेसले ७७ वटै जिल्लाहरूमा फागुन २९ गतेदेखि वैशाख ३ गतेसम्म ‘घर–घर जाऔं, नेपाली कांग्रेसलाई जिताऔं’ भन्ने अभियान चलाउँदैछ । केन्द्रबाट केन्द्रीय सदस्य र पूर्व केन्द्रीय सदस्यहरूलाई प्रतिनिधिका रुपमा खटाइएको छ ।
प्रदेश कार्यसमितिको कोषाध्यक्षमा प्रकाश रानालाई नियुक्त गर्ने निर्णय भएको उप–सभापति खनालले बताएका छन् ।
प्रशिक्षण प्रतिष्ठान पनि गठन भएको छ । प्रतिष्ठानको संयोजकको जिम्मेवारी उप–सभापति भुवनप्रसाद श्रेष्ठलाई दिइएको छ ।
लुम्बिनी प्रदेशको कार्यालय व्यवस्थापन र सञ्चालनका लागि पनि विभिन्न निर्णय भएका छन् । पार्टी कार्यालय सञ्चालन गर्न आर्थिक स्रोतको विभिन्न उपायहरूका बारेमा निर्णय भएको उप–सभापति खनालले बताए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया