कांग्रेसका युवा नेता खत्रीलाई गोरखामा सम्मान, महिलाका लागि पर्सनल हाइजिन किट्स वितरण

गोरखा । नेपाली कांग्रेसका युवा नेता एवम् महासमिति सदस्य प्रेमकुमार खत्रीले महिलाहरूलाई महिनावारीका बेला आवश्यक पर्ने ‘पर्सनल हाइजिन् किट्स’ वितरण गरेका छन् ।

मंगलबार गोरखाको आरुघाट गाउँपालिकाका महिलाहरूलाई ७ हजार ७ सय ५० ‘पर्सनल हाइजिन् किट्स’ वितरण गरेका हुन् । अन्तर्राष्ट्रिय महिला दिवसका दिन ती सामग्रीहरू वितरण गरेको थियो ।

खत्रीले ती सामग्री श्री बालकन्या महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई प्रदान गरेका हुन् ।

मंगलबार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा गोरखाकै भीमसेनथापा गाउँपालिकाको महिला समूहले आयोजना गरेको विविध सांस्कृतिक कार्यक्रममा पन िखत्री सहभागी भएका छन् । महिला समूहले युवा नेता खत्रीलाई सम्मान गरेको थियो ।

गोरखा जिल्लाका विद्यालय, विद्यार्थी र विभिन्न संघ संस्थालाई खत्रीले सहयोग गर्दै आएका छन् । उनको गोरखाका सबै स्थानीय तहलाई एम्बुलेन्स समेत दिएका छन् ।

Published : Wednesday, 2022 March 9, 7:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया