कांग्रेस नेता एवम् मन्त्री श्रेष्ठलाई मातृ शोक

काठमाडौं । बाग्मती प्रदेशका मन्त्री एवम् नेपाली कांग्रेसका सांसद दीपेन्द्र श्रेष्ठ मातृ शोकमा परेका छन् ।

मन्त्री श्रेष्ठकी आमा दीपा श्रेष्ठको बुधबार काठमाडौंमा निधन भएको परिवारजनले जनाएका छन् ।

स्वास्थ्यमा समस्या भएपछि मन्त्री श्रेष्ठले थापाथलीस्थित अस्पतालमा भर्ना गरेका थिए । उपचारकै क्रममा निधन भएको थियो ।

Published : Wednesday, 2022 March 9, 4:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया