डोटीमा कांग्रेसले गिरीलाई खटायो, एक महिना जिल्लाभरि अभियान चलाउने
काठमाडौं । नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य किरण गिरीलाई डोटी जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेर पठाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको हस्ताक्षर रहेको पत्रमा नेता गिरीलाई ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको उदेश्यलाई सफल बनाउन निर्देशन दिइएको छ ।
कांग्रेसलाई आगामी निर्वाचनमा जिताउन यो अभियानको थालनी गरिएको छ । कांग्रेसले फागुन २९ देखि वैशाख ३ गतेसम्म एक महिना अभियान सञ्चालन गर्नेछ ।
जिल्लाको प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, पालिका र वडा कार्यसमिति लगायत पार्टीका सबै तह, भ्रातृ एवम् शुभेच्छुक संस्थालाई थप गतिशील र सक्रिय बनाउन नेता गिरीलाई निर्देशन दिइएको छ ।
Published : Wednesday, 2022 March 9, 9:08 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया