प्रचण्डले कान्छी छोरी–ज्वाइँलाई पनि मनोनीत गरे
काठमाडौं । माओवादी केन्द्रले केन्द्रीय कमिटीमा ९७ जना सदस्य थप गर्ने निर्णय गरेको छ ।
सोमबार राजधानीमा बसेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ९७ जना सदस्य थप्न प्रस्ताव गरेका थिए । बैठकले दाहालको प्रस्तावलाई अनुमोदन गरेको थियो ।
दाहालले आफ्नी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्य पनि केन्द्रीय कमिटीको सदस्य बनाएका छन् ।
दाहालकी अर्की छोरी रेनु दाहाललाई यसअघि केन्द्रीय सदस्य बनाइसकेका छन् ।
दाहालका स्वकीय सचिव रमेश मल्ल, अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङलाई पनि केन्द्रीय सदस्य बनाइएको छ ।
ईन्दु शर्मा, शेख चाँद तारा, अनिल श्रेष्ठ, अशोक भेटवाल, विपिन साह पनि केन्द्रीय सदस्य बनेका छन् ।
२ सय ४६ केन्द्रीय सदस्य रहेकोमा ९७ थपेर ३ सय ४३ पु¥याइएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया