कैलाली कांग्रेसमा भट्ट सभापतिमा निर्वाचित, शेखर समूहको जमानत जफत
धनगढी । नेपाली कांग्रेस कैलालीको सभापतिमा नारायण भट्ट विजयी भएका छन् ।
बिहीबार सार्वजनिक भएको अन्तिम नतिजाअनुसार भट्ट सभापतिमा विजयी भएका हुन् । भट्टसँग सभापतिमा प्रतिस्पर्धा गरेका प्रकाशबहादुर बम पराजित भएका छन् ।
भट्टले बमलाई २ सय ६३ मतको अन्तरले पराजित गरेका हुन् । सभापतिमा निर्वाचित भएका भट्ट सभापति शेरबहादुर निकटका हुन् । पराजित भएका बम पनि देउवा निकटकै हुन् ।
सभापतिमा निर्वाचिन भट्टले एक हजार ३५९ मत पाएका छन् । पराजित भएका बमले एक हजार ९६ मत पाएका छन् ।
दोस्रो चरणमा भएको निर्वाचनमा उनी विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि बिहीबार दोस्रो चरणको मतदान भएको थियो ।
पहिलो चरणमा सभापतिमा प्रकाशबहादुर बमले १ हजार १६९ मत पाएका थिए । सभापतिका अर्का उम्मेदवार नारायणदत्त भट्टले १ हजार ७२ मत पाएका थिए ।
शेखर कोइराला समर्थक सभापतिका उम्मेदवार रामबहादुर कलेलले १९७ मत पाएका थिए । दोस्रो चरणको मतदानमा कलेलले बमलाई समर्थन गरेका थिए । कैलालीमा शेखर कोइराला समूहको पत्तासाफ भएको छ ।
पार्टीको आन्तरिक निर्वाचनमा जमानत जफत हुने व्यवस्था छैन । तर, शेखरका सभापतिका उम्मेदवार कलेलले ल्याएको भोट निकै कम भएपछि जमानत जफत भएको भनेर कैलालीमा चर्चा भएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया